काठमाण्डौँ। स्पेनिस क्लब बार्सिलोनाका स्टार नेइमारले आफू पनि बलोन डि ओर जित्न चाहेको बताएका छन् । क्लबमा एकपछि अर्को सफलता हासिल गरिरहेका बा...
काठमाण्डौँ। स्पेनिस क्लब बार्सिलोनाका स्टार नेइमारले आफू पनि बलोन डि ओर जित्न चाहेको बताएका छन् । क्लबमा एकपछि अर्को सफलता हासिल गरिरहेका बा्रजिलि स्टार नेइमारले बलोन डि ओर जित्ने आफ्नो चाहना भए पनि तत्काल हतार भने नभएको बताए ।
बलोन डि ओर जित्ने नेइमारको चाहना भएपनि त्यही व्यक्तिगत महत्वाकांक्षा नै फुटबल खेल्नुको मुख्य कारण भने होइन ।
बर्ष २०१७ का प्रदर्शनले नेइमार खेलमा कत्तिको अब्बल छन् भन्ने देखाइरहेको छ भने उनि आफ्नो क्षमता पुष्टि गर्न प्रतिबद्ध पनि देखिएका छ्न् ।
'म बलोन डि ओर जित्न चाहन्छु तर मलाई यसको लागि हतार छैन' नेइमारले स्पोर्ट एक्सप्रेसलाई बताए । 'यो मेरो एउटा उद्देश्य र सपना हो तर यही व्यक्तिगत महत्वाकांक्षाका लागि मात्र मैले खेल खेलेको भने होइन ।'
'म खेलमा खुशी हुन्छु, टिमलाई सहयोग गर्न पाउँदा र फ्यानलाई खुशी राख्न पाउँदा रमाइलो लाग्छ', नेइमारले थपे । उनले आफ्नो सफलताको कारण बार्सिलोनाका दुई स्टार मेस्सी र स्वारेज भएको बताए ।
मेस्सी र स्वारेज मैदानमा दुई साथी छन् हाम्रो टिमको पूर्णताको लागि हामी एकअर्काको परिपुरक बन्छौँ । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मनविरुद्धका दोस्रो लेगको खेललाई सम्झिरहेका नेइमारले आगामी २०१८ मा हुने विश्वकपको उपाधी ब्राजिलले जित्ने विश्वास व्यक्त गरेका छन् ।

COMMENTS