एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको जिवनीमा चलचित्र निर्माण हुँदै छ । यसैबीच उनको जिवनका केही घटनाहरु बाहिर आएका छन् । अभिनेता सञ्जय दत्त क...
एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको जिवनीमा चलचित्र निर्माण हुँदै छ । यसैबीच उनको जिवनका केही घटनाहरु बाहिर आएका छन् । अभिनेता सञ्जय दत्त कुनै बेला ड्रग्स बिना बाच्न नसक्ने भएका थिए । सञ्जयकी आमाको मृत्यु पछि उनी ड्रग्सको लतमा फँसेका थिए ।आमाको मृत्युपछि नै सञ्जय दत्त चलचित्र उद्योगमा आएका हुन् । उनको पहिलो चलचित्र ‘राँकी’ जुन रिलिजको तयारीमा थियो । त्यस समय सञ्जय दत्त ड्रग्सको लतमा परेका थिए । उनलाई जति बेला खाली समय मिल्थ्यो, उनी ड्रग्स लिन्थे।
सञ्जयले एक अन्तरवार्तामा आफूँ महिलाका कारण ड्रग्सको लतमा फँसेको बताएका थिए । तर, एक पटक ड्रग्सले सञ्जयको यस्तो हालत बनाईदियो जुन सम्झन लाएक नै छैन । त्यतिबेला सञ्जयले यति धेरै ड्रग्स लिए, कि उनी दुई दिनसम्म सुतेको सुत्यै भए यो देखेर उनका नोकरको होस उडेको थियो ।
जब संजय २ दिनपछि बिउँझिए, उनको नोकरहरु रिईरहेका थिए । आफूँ दुई दिनसम्म सुतेको थाहा पाएपछि सञ्जय छक्क परेका परे। यद्यपी, अहिले भने उनले त्यो ड्रग्सको लत नै छाडिसकेका छन्।
COMMENTS