गर्दन दुखाइको योग चिकित्सा

मेरुदण्डको माथिल्लो भाग तथा घाँटीभन्दा ठीक पछाडि टाउकोभन्दा तलको भाग अर्थात् गर्दनमा रहेका हाड, नसा, मांसपेशी तथा ग्रन्थि र वरपरका अन्य भागम...


मेरुदण्डको माथिल्लो भाग तथा घाँटीभन्दा ठीक पछाडि टाउकोभन्दा तलको भाग अर्थात् गर्दनमा रहेका हाड, नसा, मांसपेशी तथा ग्रन्थि र वरपरका अन्य भागमा कुनै समस्या भएमा गर्दन दुख्ने समस्या आर्इपर्छ । यसरी दुखाइ हुने विभिन्न समस्या हुनुमा हाड-जोर्नी, मांसपेशी, नसाका रोगहरु नै प्रमुख कारण हुन् । यसका साथै गर्दनवरपर भएका रोगहरु वा अन्य समस्याहरुका कारणले पनि गर्दनमा दुखाइ ल्याउन सक्छ । गर्दनको दुखाइबाट धेरै व्यक्ति पीडित भएको पाइन्छ ।र्

गर्दन दुखाइका लक्षण
गर्दनमा कुन रोगले असर परेको छ सोहीअनुरुपका थप लक्षणहरु देखिने गर्छन् । टाउको दुख्ने, सामान्य वा अत्यधिक रुपमा रिंगटा लाग्ने, टाउको भारी भैरहने, टाउको मोड्न र यताउति हर्ेन निकै कठिनाइ हुने हुन्छ । काम गर्न, लेखपढ गर्न, हिँड्न-बस्न र सुत्नसमेत गाह्रो हुन्छ ।

यसका साथै रिंगटा लाग्ने, कमजोरी अनुभव हुने, कान र घाँटीको दुखाइ अनुभव हुने, पिठ्यूँ एवम् पूरा ढाडसमेत दुख्ने, हात गल्ने र हातले एक-दर्ुइ किलो सामान उचाल्न पनि नसक्ने, हात झमझम हुने हुन्छ । साथै औंलाहरुमा घोच्ने, लाटो हुने, पोल्ने आदि समस्या पनि गर्दन दुख्ने रोगका कारण हुन सक्छ । कसैलाई चक्कर लागेर लड्ने र पसिना छुट्ने पनि हुन्छ ।र्

गर्दन दुखाइका कारण
गर्दन दुखाइ विभिन्न कारणले हुने गर्छ । अनेकौं कारणहरुमध्ये हाडसम्बन्धी समस्याहरु प्रमुख हुन् । गर्दनका हाडहरु घिस्सिनु वा खिइनु, यथास्थानबाट हाड र्सर्नु, हाडले नसा वा मांसपेशीलाई च्याप्नु, हाड बढ्नु, हाड सुन्निनु, हाड मक्किनु प्रायः हुने समस्याहरु हुन् । यसरी नै नसा थिचिने वा सुन्निने, युरिक एसिड बढेर बाथरोग हुने वा कडा खालका आमबाथ वा र्‍युमेट्वाइड अर्थराइटिस हुने, हाड-जोर्नीहरुमा संक्रमण हुने, रक्तनलीका रोगहरु तथा ग्रन्थिहरुका रोग एवम् घाउ-खटिरा वा चोटपटक, चर्मरोग लाग्नेजस्ता समस्याले पनि गर्दनमा दुखाइ उत्पन्न हुन सक्छ । बढी रक्तचाप, अत्यधिक चिन्ता, तनाव तथा अन्य मनोशारीरिक रोगहरु पनि गर्दन दुखाउने कारणहरु हुन् ।

कुप्रो परेर बस्ने, सुत्दा बढी अग्लो सिरानी राख्ने, प्रायः निहुँरेर काम गर्ने, कम्प्युटरमा काम गर्दा र कुर्सी अन्य ठाउँमा गर्दन झुकाएर बस्ने, सुत्दा-बस्दा शारीरिक स्थिति नमिलाउने मानिसहरु प्रायः यसरी गर्दन दुखाइबाट पीडित हुन पुग्छन् ।र्

गर्दन दुखाइले उत्पन्न हुन सक्ने जटिलताहरु
गर्दन दुखाइको कारणको गम्भीरताअनुरुप यो समस्यामा जटिलताहरु आउन सक्छन् । हाड-जोर्नीका समस्याहरु बढ्दै गएमा त्यसले नसा काटिने, हातका औंलाहरु वा पूरै हात लाटो हुने, नचल्ने, सुत्न, बस्न तथा उठ्न पनि नसक्ने गरी रिंगटा लाग्नेजस्ता समस्या उत्पन्न हुन्छन् । र्


गर्दन दुखाइको निदान

गर्दन दुख्ने समस्या के कारणले भएको हो भन्ने थाहा पाउन चिकित्सकको परीक्षण आवश्यक छ । चिकित्सकले जाँच अर्थात् बिरामीलाई प्रत्यक्षरुपले दुखेको भागमा हेरेर, छामेर, थिचेर वा टाउकोर्-गर्दन चलाएर अनुमान गर्न सक्छन् । यसका लागि आवश्यक आधुनिक जाँचहरु जस्तै- गर्दनको साधारण एक्स-रे, रोगको जटिलताअनुसार आवश्यक परे सिटिस्क्यान, एमआरआई वा अन्य नसाको एक्स-रेसमेत गराउनुपर्ने हुन सक्छ । रगत जाँचेर बाथरोग भए/नभएको पत्ता लगाउन सकिन्छ ।

प्रायः गर्दन दुख्ने समस्या सरल उपचारबाटै ठीक हुन्छ । कुनै-कुनै समस्याको लागि योग चिकित्साका साथमा अन्य उपचार पनि जरुरी हुन सक्छ ।र्

गर्दन दुख्नेहरुलाई सल्लाह
सुत्दा होचो सिरानीको प्रयोग गर्ने र कडा ओछ्यानमा सुत्ने गर्नुपर्छ । कर्ुर्सर्ीीा अन्य कतै पनि बस्दा र काम गर्दा गर्दन सोझो राख्नर्ुपर्छ । निहँुरेर व्यायाम वा काम गर्नुहुँदैन । गर्दन बढी दुखेको अवस्थामा सपोर्टको निम्ति गर्दनको पट्टी -र्सभाइकल कलर) लगाउनर्ुपर्छ । दुखाइ बढी भएको अवस्थामा गर्दन, काँध र पिठ्यूँमा तातोले सेक्ने गर्न सकिन्छ ।


उपयोगी योग चिकित्साहरु
टाउको र गर्दनका सूक्ष्म व्यायामः
उठेर वा वज्रासनमा बसेर यी व्यायामहरु गर्नुस् ।

विधि (१)ः- ढाड सोझो राख्नुस् । अब टाउकोलाई दायाँतिर मोड्नुस् र केहीबेर रोकिनुस् । अब फेरि अर्कोतिर -बायार्ँतर्फ) टाउको फर्काउनुस् । बिस्तारै झड्का नदिईकन यसरी नै १०-१५ पटक अभ्यास गर्नुस् ।

विधि (२) ः- यसरी टाउकोलाई तल-माथि गर्नुस् अर्थात् टाउकोर्/गर्दन मोडेर अगाडितिर झुकाई चिउँडोले छातीमा छोएर केहीबेर अडिनुस् र पुनः सोझो राखेर माथि लगी जतिसक्दो पछाडि हर्ेर्ने प्रयास गर्दै केहीबेर रोकिनुस् । यसरी नै १०-१५ पटक गर्नुस् ।

विधि (३) ः- टाउकोलाई दायाँ र बायाँ पालैसँग बिस्तारै ढल्काउँदै कानले काँधतिर छुने प्रयास गर्नुस् । यसलाई पनि १०-१५ पटक गर्नुस् ।

विधि (४)ः- अब टाउकोलाई क्रमिकरुपले दायाँ, पछाडि, बायाँ, अगाडि क्रमशः लैजाने अर्थात् चारैतिर घुमाउने गर्नुस् । यसरी घुमाउँदा सबैतिरको भागमा छुने गरी टाउकोलाई अति नै ढिलोसँग घुमाउने गर्नुस् । छिटो-छिटो गर्दा रिंगटा लाग्छ । उल्टो-सुल्टो पालैसँग एक-एक पटक गरेमा रिंगटा कम लाग्छ ।

सावधानीः धेरै मात्रामा हाड सुन्निएको, हाड खिइएको र बढी नसा च्यापिएको अवस्थामा र बढी गर्दन दुखाइ हुँदा टाउकाको यस्तो व्यायाम गर्नुहुंँदैन । सामान्य दुखाइमा पनि बिस्तारै अभ्यास गर्नुपर्छ ।

सामान्य लाभहरुः सामान्य अवस्थामा टाउको एवम् गर्दनका सूक्ष्म व्यायामहरुले मेरुदण्डको माथिल्लो भागलाई



यौगिक आहार

कहिलेकाहीँ बाथरोगका कारण पनि हाड-जोर्नीलगायत गर्दनमा दुखाइ हुने गर्छ । यसरी युरिक एसिड बढेर गर्दनमा दुखाइ हुनेहरुले सात्विक यौगिक आहार गर्नुपर्छ अर्थात् माछा, मासु, अण्डा, गेडागुडी, बियर, जाँडरक्सी, गोलभेंडा, तामा, फर्सर्ीीादि बार्नुपर्छ । बरु यसको सट्टा फलफूल र हरियो तरकारी बढी खानर्ुपर्छ । पानी बढी पिउने र पूरा शरीरकै व्यायाम गर्ने, पसिना निस्कने गरी हिँड्नेजस्ता उपायहरु अपनाएमा मूत्राम्ल वृद्धि भएर हुने गर्दन दुखाइमा फाइदा हुन्छ ।

अन्य प्रकारको समस्यामा पनि सादा खानपान गर्नुपर्छ । मूत्राम्ल सामान्य तर हाड कमजोर भएको अवस्थामा क्याल्सियमप्रधान खानेकुराहरु -दूध, चीज, ज्वानो आदि) खानर्ुपर्छ ।

बलियो बनाउँछ र लचकता उत्पन्न गर्छ । टाउको र गर्दनको नसा, घाँटी, मस्तिष्कमा समेत यसको प्रभाव सकारात्मक हुन्छ । रोगहरुमा केही प्रकारको टाउको दुखाइ, गर्दनको नसा दुखाइ, गर्दनको हाड खिइएको सामान्य अवस्था, घाँटीमा कफ अड्किने समस्या आदिमा समेत यी माथिका व्यायामले लाभ दिन्छ ।

मेरुदण्डासनः
विधिः उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ-बायाँ सोझो हुने गरी फैलाएर मुठी कस्नुस् । दुबै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् । यस्तो गर्दा एउटा खुट्टाको कर्ुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुनुस्, तर यी दुवै भागहरु भुइँमै हुनर्ुपर्छ । केही बेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ ।

लाभहरुः यसले मेरुदण्डको हाडलाई लचिलो पार्छ र नसा थिचिने पनि कम गर्छ । गर्दनदेखि कम्मरसम्म दुख्ने, साइटिका, पेटको गडबडी, जीउ दुख्ने आदि समस्यामा यसले लाभ दिन्छ ।

सावधानीः जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ ।



मकरासन वा श्रद्धासनः
यो विशेषतः आराम गर्नको लागि अभ्यास गरिने आसन हो ।

विधिः घोप्टो सुत्नुहोस् । दुवै खुट्टालाई एक-डेढ फिट फरक पारी खुट्टाको पञ्जालाई दायाँ-बायाँ फर्काई खुट्टाको भित्री गोलिगाँठोले भुइँमा छोएर खुट्टा/जीउ शिथिल पार्नुस् । अब दुवै हातलाई अगाडि ल्याएर कुहिना टेकाउनुस् र टाउकोलाई केही मात्रामा उर्ठाई दुवै हत्केलामाथि चिउँडो टेकाउनुस् । केही बेर यसरी बसेपछि जीउ तल राख्नुस् र हत्केलाको पछाडिको भागमाथि निधार टेकाएर केही मिनेटसम्म जीउ शीथिल राख्दै आराम गर्नुस् । यसरी नै २-३ पटक दोहोर्‍याउनुस् । यसलाई दिनको २ पटकसम्म गर्नुस् ।

लाभः यसले गर्दन दुखाइका साथै कम्मर-ढाड दुख्ने, कम्मरदेखि खुट्टासम्मको नसा दुख्ने, पेटमा वायु बढ्ने, कब्जियतजस्ता समस्यामा लाभ दिन्छ । यसको अभ्यासबाट बीच-बीचमा आसनको क्रममा हुने थकान मेटिन्छ र आनन्द पनि प्राप्त हुन्छ । मानसिक तनाव पनि कम गर्छ ।

सावधानीः गर्भवतीले गर्भावस्थाको ३/४ महिनापछि घोप्टो सुती यस्तो आसन गर्नु ठीक हुँदैन । यसरी नै बढी छाती दुख्दा धेरै बेर यो आसन गर्नुहुँदैन । गर्दनमा दुखाइ बढी भएको अवस्थामा कुहिनाले टेकेर गर्नुहुँदैन ।



गोमुखासनः

दुवै खुट्टा सीधा राखेर बस्नुस् । पालैपालो खुट्टा खुम्च्याउनुस् र दाहिने खुट्टामाथि देब्रे खुट्टा राख्नुस् । अब दाहिने हातलाई माथिबाट र देब्रे हातलाई तलबाट कम्मरपछाडितिर लगी दुवै हात एक-आपसमा समात्ने प्रयास गर्नुस् । आँखा चिम्लनुस् र श्वास गहिरो लिएर मन एकाग्र राख्ने प्रयास गर्नुहस् । केही बेर यसरी बसेपछि दुवै खुट्टा सीधा राख्नुस् र पुनः खुट्टा र हातको स्थिति परिवर्तन गरी अभ्यास गर्नुस् ।

लाभः यसले गर्दन र पिठ्यूँ दुखाइ कम हुन्छ । साथै हात झम्झमाउने र नसा दुख्ने समस्याहरुमा लाभ हुन्छ । मानसिक तनाव कम हुन्छ । छातीको समस्या कम हुन्छ ।

सावधानीः पछाडि हात समात्दा बिस्तारै गर्नुस्, नत्र मर्किन सक्छ । कसैलाई अभ्यस्त हुनका लागि धेरै दिन लाग्न सक्छ ।र्

गर्दनको समस्या हटाउन सहयोग गर्ने अन्य थुप्रै योगाभ्यासहरु पनि छन् । विभिन्न सूक्ष्म व्यायामहरु तथा आसनहरुको अभ्यास पनि उपयोगी हुन सक्छ ।

साभार : कामना प्रकाशन

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: गर्दन दुखाइको योग चिकित्सा
गर्दन दुखाइको योग चिकित्सा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhE-r7WRQr4cpmhkrrcOVC65G794v7hRuMTKeiaZv42tlrOuA1T5ntG7xewMV4af5bJgvPkgSaLS-jvQNkEaafqScQp2j-AXAqGuvCsb6aOIFfCDnjWXPlpz0vAZPx2IA8Tm6hGMDOq4SLA/s320/neck-pain.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhE-r7WRQr4cpmhkrrcOVC65G794v7hRuMTKeiaZv42tlrOuA1T5ntG7xewMV4af5bJgvPkgSaLS-jvQNkEaafqScQp2j-AXAqGuvCsb6aOIFfCDnjWXPlpz0vAZPx2IA8Tm6hGMDOq4SLA/s72-c/neck-pain.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/04/blog-post_7.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/04/blog-post_7.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy