काठमाडौं । सोनी च्यानलबाट प्रशारण हुँदै आएको कपिल शर्माको शो कमेडी नाइट्स विथ कपिलले विस्तारै आफ्नो चमक गुमाउँदै गएको छ । आफ्नो कला प्रदर्शन...
काठमाडौं । सोनी च्यानलबाट प्रशारण हुँदै आएको कपिल शर्माको शो कमेडी नाइट्स विथ कपिलले विस्तारै आफ्नो चमक गुमाउँदै गएको छ ।
आफ्नो कला प्रदर्शन गरी दर्शकहरुलाई मज्जाले हसाउँदै आएका सबै पुराना कलाकारले शो छाडेपछि उक्त शोले आफ्नो चमक गुमाउँदै गएको हो ।
तर शोको चमकलाई जस्ताको त्यस्तै बनाई राख्न यतिखेर कपिल शर्मा भने निकै दौडधुपमा छन् ।
पुराना कलाकारले शो छाडेर गएपछि अहिले कपिलले नयाँ कलाकाहरुलाई लिएर दर्शकहरुलाई हसाउने प्रयास गरिरहेका छन् ।
तर नयाँ कलाकाहरु राजु श्रीवास्तव, सुनील पाल र एहसान कुरैशीलाई शोमा ल्याएर कपिललाई फाइदा भने नभएको भारतीयसंचार माध्यम आजतकमा उल्लेख गरिएको छ ।
आजतकले जनाएअनुसार गएको ३० मार्चमा नयाँ कलाकारलाई लिएर गरिएको शुटिङमा दर्शकहरुलाई हसाउन नसकेपछि कपिल शर्माले १० मिनेटमा शोको शुटिङ बन्द गरेका थिए ।
यता शो छाडेर गएका सुनिल ग्रोवर सोनीबाटै प्रशारण भइरहेको इन्डियन आइडलको ग्रान्ड फाइनलमा देखिने जनाइएको छ । मिडिया रिपोर्टसका अनुसार उनी इन्डियन आइडलको ग्रान्डा फाइनलको शुटिङमा देखा परेका थिए । यस्तै भोली अर्थात आइतबार हुने इण्डियन आइडलको फाइनलका कारण कपिलको शो पनि एक दिन स्थगित हुनेछ ।
यसअघि कपिले शर्माले रक्सीको मातमा सुनिल ग्रोवरलाई जुत्ताले हिर्काएपछि उनीहरु दुईबीच विवाद चुलिएको थियो ।
कपिलशर्माको यस्तो हर्कत देखेर शोका पुराना सदस्यहरुले अहिले शो नै छोडेर गएका छन् ।

COMMENTS